१९ माघ २०८२, सोमबार | February 3, 2026

चितवनको राप्ती नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश



चितवन । चितवनमा सुजिता हत्या काण्डले उग्ररुप लिन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्लाको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको कर्फ्यु आदेश आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका जारी रहने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म लागु हुने सूचनामा जनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने, बिच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा नीजि सम्पत्ति र संरचना तोडफोड, आगजनी र हुलदंगा गरी सार्वजनिक शान्ति भंग हुने अवस्था आएकाले कर्फ्यु लगाउनु परेको बताए ।

आदेशमा कर्फ्यु अवज्ञा गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्ने र एक महिना कैद वा जरिवाना साथै दुवै सजाय समेत हुने उल्लेख छ ।

असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव सोमबार ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो । भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा आज दिनभरी पटक पटक झडपसमेत भएको थियो । भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : १२ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली