१७ बैशाख २०८१, सोमबार | April 29, 2024

जसपा विवाद निरुपण गर्न निर्वाचन आयोगबाट ५ सदस्सीय इजलास गठन



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको विवादको निरुपण गर्न ५ सदस्सीय इजलास गठन गरेको छ ।

आज (बुधबार) बसेको आयोगको पदाधिकारीहरुको बैठकले सर्वाेच्च अदालतको संवैधानिक इजलासको सिको गर्दै प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । दुबै पक्षको विवादको सुनुवाइका लागि आयोगले आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले पठाएको पत्रमा पार्टीका आधिकारी प्रतिनिधि वा कानुन व्यवसायी राख्ने भए कानुन व्यवसायीलाई साथै लिएर आउन भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो । सोही प्रकृतिको अर्को निवेदन लिएर महन्त-राजेन्द्र पक्ष पनि आयोग पुगेपछि जसपाको विवाद आधिकारीकरुपमा आयोगमा प्रवेश गरेको थियो ।

 

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ३५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।