२४ बैशाख २०८१, सोमबार | May 6, 2024

युरोकप फुटबल : इंग्ल्यान्ड फाइनलमा प्रवेश, उपाधिका लागि इटालीसँग भिड्ने



काठमाडौं । इंग्ल्यान्ड अतिरिक्त समयमा जित निकाल्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई २-१ पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इटाली फाइनलमा पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो । डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको हो ।

३० औं मिनेटमा मिकेल डाम्सगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो ।

३९ औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । बुकायो साकाको क्रस रहिम स्टर्लिङ दिएपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।

१०४ औं मिनेटमा जोकिम महेलले स्टर्लिङलाई डिबक्स भित्र लडाएपछि रेफ्रीले भीएआरमार्फत् पेनाल्टी दिए । कप्तान ह्यारी केनको प्रहारलाई गोलकिपर पिटर स्माइकलले विफल पारेपनि रिबाउन्डमा उनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : १९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र