१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

एक घण्टाको बाटो २० मिनेटमा छोटियो



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो ।

कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए । “पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।” पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ ।

पुल निर्माणका लागि हिमशिखररजयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते रु दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो । सिं २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए ।

निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थामा पनि लक्ष्यअघिनै पुल निर्माण गर्न सफल भएको बताए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई निषेधाज्ञामा निरन्तरता दिएको उनले बताए ।

धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगङ्गा-१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

यसैबीच जिल्लाको मङ्गला गाउँपालिका-२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० मिटर लामो पुल निर्माणका लागि हिमशिखर-रामकृष्ण जेभीले रु २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो । रासस

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : २३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा