२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

आजको मौसम : देशभर वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायमै छ । आजको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा आज रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् । त्यस स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागको अनुमान रहेको छ ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ४७ बजे

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री