१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

आजको मौसम : देशभर वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायमै छ । आजको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा आज रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् । त्यस स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागको अनुमान रहेको छ ।

नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ४७ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले