२४ बैशाख २०८१, सोमबार | May 7, 2024

आजको मौसम : देशभरका अधिकांश क्षेत्रमा वर्षा



काठमाडौं । मनसुनी प्रभावका कारण देशका अधिकांश स्थानहरुमा अविरल बर्षाको क्रम जारी छ । जल तथा मौसम विज्ञान विभागले निरन्तरको बर्षाले बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

मनसुनको सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अधिक सम्भावना रहेको विभागको आँकलन छ ।

विभागले आज विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । आज पनि देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाग्मती प्रदेशमा बर्षा भइरहेको छ ।

महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान शाखाका अनुसार आज महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्दी लगायतका नदीहरुमा बहाव बढ्ने छ । केही नदीहरुको जल सतह सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतका नदीहरुमा बहाव केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाव भई जल सतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।

प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भू-भाग भई बहने स-साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहावको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : १२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,