१६ बैशाख २०८१, आइतबार | April 28, 2024

नेपालले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुग्यो



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

निगमका अनुसार चालक दलका १२ सदस्यसहित बिहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोप मध्ये पहिलो खेप शुक्रवार आइपुगेको हो । नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ ।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ । बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । सरकारले सरकार–सरकार ९जिटुजी०मार्फत चीनबाट खोप ल्याउन सुरु गरेको हो ।

अब असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ५४ बजे

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना

जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा

काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएकी

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

गुल्मी । जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना