१२ असार २०८३, शुक्रबार | June 27, 2026

खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र राष्ट्रिय ट्रमा सेन्टरबीच सम्झौता



काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेन्टरले खेलाडीका लागि २४ सै घण्टा इमर्जेन्सी सेवा, २४ सै घण्टा रक्तसंचार सेवा, २४ सै घण्टा फार्मेसी सेवा, २४ सै घण्टा रेडियोलोजी÷इमेजिङ सेवा (सीटी, डेक्सा स्केन, युएसजी, एक्सरे आदि), २४ सै घण्टा प्याथोलोजी ल्याब सेवा, २४ सै घण्टा शल्यक्रिया सेवा (विभिन्न विषयका), अर्थोपेडिक तथा ट्रमा सर्जरी (हाडजोर्नी, स्पाइनल, जोर्नी प्रत्यारोपण, स्पोर्ट्स इन्जुरी तथा आर्थोस्कोपी सर्जरीलगायतका सेवा), न्युरो सर्जरी ९बहिरङ/अन्तरङ सेवा०, इएनटी (बहिरङ/अन्तरङ सेवा), वर्न प्लाष्टिक, जनरल सर्जरी, ओरल एन्ड मेक्जिलो फेसियल, भास्कुलर सर्जरी (अन्तरङ सेवा), सघन उपचार सेवा र फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा सामाजिक सेवा एकाई मार्फत औचित्य हेरि सहुलियतपूर्ण तवरले सेन्टरले उपलब्ध गराउने छ ।

सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधी, औषधीजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि विरामी स्वयंले व्यवस्था गर्नु÷गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा विरामीले राखेपसंग सोधभर्नाका लागि पेश गर्न सक्ने छ । खेलाडीको प्रभावकारी उपचारमा सहजीकरण गर्नका लागि दुवै पक्षबाट आ–आफ्नो फोकल पर्सन तोक्नु पर्नेछ ।

सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरुको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।

सम्झौता पत्र आदान प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै सदस्य–सचिव सिलवालले सम्झौता गर्न सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्दै खेलाडीलाई उपचार सुविधा प्रदान गर्न सहमत भएकोमा सेन्टरलाई धन्यवाद दिए ।

डा. पौडेलले राष्ट्रका लागि योगदान गर्ने खेलाडीलाई विशेष महत्व दिनु पर्छ भन्ने मान्यताका साथ सम्झौता गरिएको बताए ।

कार्यक्रममा राखेपका सदस्यत्रय एकेन्द्र कुँवर, सुभाष श्रेष्ठ र इन्दिरा निरौला, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपाली, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  १० : ४५ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३