२४ मंसिर २०८२, बुधबार | December 10, 2025

सडकमा ‘किला-एम्बुस’



गनापुर । दृष्टि विशेषज्ञ डा। दीपेन्द्रराज भट्टराई चढेको कार १० दिनअघि कोहलपुरबाट नेपालगन्ज नपुग्दै पन्चर भयो। ‘नयाँ टायर थियो । कसरी-कसरी हावा गयो रु अचम्म लाग्यो’, कोहलपुर नेत्रालयमा कार्यरत डा. भट्टराईले भने, ‘क्याट आईको किला पो गढेको रहेछ ।’ राजमार्गमा रातिको समयमा गाडीको साइड लाइटजस्तै पहेंलो बत्ती बल्ने लाइटका रूपमा क्याट आई (बिरालोको आँखा) प्रयोग हुन्छ ।

कोहलपुर नगरपालिका-१२ चप्परगौडीका किरण रैलाले त जेठमै दुईपटक मोटरसाइकलको टायर फेरे । ‘१८ जेठमा कोरोना संक्रमितलाई भेटेर नेपालगन्जबाट घर फर्कँदै थिएँ, कोठारपुरमा पुगेपछि किलाले बाइक पन्चर भयो । निषेधाज्ञाले गर्दा वर्कसपहरू सबै बन्द थिए । झन्डै ६-७ किलोमिटर बाइक डोर्‍याएर घर जानुपर्‍यो’, उनले आक्रोश पोखे, ‘त्यति बेला निकै रिस उठ्यो । जेठको अन्तिम साता फेरि नेपालगन्ज जाने बेला पनि किलाले बाइक पन्चर बनायो ।’

कोहलपुरमा मसला उद्योग सञ्चालन गरेका उनी नेपालगन्ज ओहोरदोहोर गरिरहन्छन् । उनी बाटोभरि नै क्याट आइका किला नै किलाको ‘एम्बुस’ रहेको टिप्पणी गर्छन् ।

कोहलपुरका नीरज सिंहको मोटरसाइकलमा त एक महिनाअघि गढेको किला अझै छ । ‘कोहलपुरको न्युरोडबाट चौराहा जाने बेला किला बिझेको थियो । वर्कसपवालाले किला निकाले पन्चर हुन्छ, ननिकाले केही हुँदैन भनेपछि बाइकको टायरमा बिझेको किला झिकेको छैन’, उनले भने, ‘केही दिनअघि काकाको बाइक पिपरी चोकमा क्याट आइको किलाले पन्चर भयो । झन्डै २ किलोमिटर बाइक डोर्‍याएर घर आउनुभयो ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ७ : ०४ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर