४ पुस २०८२, शुक्रबार | December 20, 2025

हातेमालोद्धारा सहयोगी सामग्री प्रदान



बुटवल । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश संगको आर्थिक साझेदारितामा नयां जीवनको लागि हातेमालोले सहयोगी सामाग्री वितरण गरेको छ ।

कार्यक्रममा रुपन्दही, नवलपरासी, कपिलवस्तु, गुल्मी , अर्घाखाँचि, पाल्पागरि जम्मा ६ वटा जिल्लाका ६४ जना अपांगता भएका बालबालिका र व्यक्तिहरुले सहयोगि सामाग्रीहरु प्राप्त गरेका छन् । जसमा ह्विलचियर १३, बैशाखी १०, सेतो छडि २१, एल्बो क्रच १०र ट्वाइलेट चियर १० गरि जम्मा ६४ जनालाई सहयोगि समाग्री उपलब्ध गराइएको उक्त कार्यक्रममा शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशको सामाजिक विकास महाशाखाका महिलाविकास अधिकृत कल्पना पोख्रेलको, महिलाविकास निरिक्षक भगवति भट्टराई, समाजसेवि यमुना घिमीरे, सरला भुषाल, रेखा श्रेष्ठ, रनजीत थापा, खेम प्रसाद थापा को उपस्थिति रहेको थियो ।

नयां जीवनको लागिहातेमालोका उपाध्यक्ष चित्रबाहादुर गरुङ्गले कार्यक्रममा बोल्दै अपागता भएका दुइ छोराहरुको अभिभावक कमल नेपालले आफ्ना अनुभव सुनाउदै नयां जीवनको लागिहातेमालो ले अपागंताको क्षेत्रमा उल्लेखनिय काम गरेको चर्चा गरेका थिए । कल्पना पाख्रेलले सस्थासंग साझदारितामा काम गर्न पाउदा आफुलाई खुशी लागेको बताएकी थिईन । कार्यक्रम सस्थाको वरिष्ठ कार्यक्रम सयोंजक मन पाण्डेको संयोजकत्वमा भएको हो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको