२० बैशाख २०८१, बिहिबार | May 2, 2024

यूनाईटेड फाइनान्स लिमिटेड प्राप्तिपछि आजदेखि नबिल बैंकको एकीकृत कारोबार



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्नेप्रक्रिया पूरा भएको छ । प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्स का अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र बसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए । ‘यो प्राप्तीले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौड्यालले भने ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी रु. १३ अरव ८४ करोड पुग्नेछ भने कुल पुजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटिएमःसंख्या भने १८३ हुनेछ । चैत्र मसान्तको बित्तिय विवरण अनुसार निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुवैको आकार २ खर्ब माथि हुनेछ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जालमार्फत नयाँ रणनितीअनुसार बजारमा उपस्थित हुनेछ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ११ : ५९ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ