१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइयो



मध्यपुरथिमि । विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ ।

आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो ।

मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी झन्डा फहराउने प्रचलन रहिआएको छ । आजको दिन पूजामा बोका बली दिने परम्परा रहे पनि कोभिड-१९ का कारण मन्दिरमा सामान्य पूजा गरी झण्डा फहराई मनाइएको तलेजुका मूल नाइके नरेन्द्र जोशीले जानकारी दिए ।

पूजा सकेपछि भक्तपुर नगरको तुछमला टोलका अवालको टोलीले मन्दिरको टुप्पोमा पुगेर झन्डा फहराएका थिए । मन्दिरमा झण्डा राख्नको लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश नदिने परम्परा चलिआएको छ ।

नेपाल सम्वत ८२२ मा तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले सिद्ध अग्नी कोत्याहुती होम सु-सम्पन्न गरी श्री सिद्धीलक्ष्मी देवीलाई पाँचतले मन्दिरमा प्रतिस्थापना गरी झण्डा फहराइएको इतिहास छ । त्यही बेलादेखि नै प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा झण्डोत्तोलन गर्ने प्रचलन रही आएको छ । रासस

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : १६ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक