५ असार २०८३, शुक्रबार | June 19, 2026

नबिल बैंकले वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्यो



काठमाडौ । नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स वीर अस्पतालाई अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ । असार २८ गते सोमवार आफ्नो ३७आंै वार्षिकोत्सवकँे अवसरमा एक औपचारिक कार्यक्रमक वीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो ।

नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तँन्तरण गर्न सफल भयो । उक्त प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल वीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ ।

कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरुमा तेस्रो लहर फैलिदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र विरामीहरुको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।

नबिल बैंक पछिल्लो केही समयदेखी मानव कल्यँणमा निकै आक्रमण रुपले लागि परेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी शुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको थियो । त्

यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासंग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालिन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । यो अभिमुखिकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएका थिए ।

नबिल बैंकले विपद् जोखिम न्यूनिकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजि क्षेत्र पनि एक महत्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसंग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ । हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजि क्षेत्रसहित सम्बन्धित पक्षहरुको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउछ भन्नेमा बैंकको विश्वास छ । यहि विश्वास अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने जनाएको छ ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ९ : ०० बजे

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले