१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

आजदेखि भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइने, क-कसले पाउनेछन खोप ?



काठमाडौं । सरकारले आज मंगलबारदेखि खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ वटै जिल्लामा आजदेखि खोप अभियान सुरु गरिने भएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार आजबाट ५५ वर्षभन्दा माथिका र जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूहलाई लगाइने छ ।

भेरोसेल विश्वविद्यालयका प्राध्यापक, शिक्षक एवं कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी रहेकालाई लगाइने छ भने खोप अनिवार्य गरिएको देशमा जान लागेका नेपालीले पनि भेरोसेल खोप लगाउने पाउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि एक डोज लागए पुग्ने जोन्सन एन्ड जोन्सन खोप अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउनका लागि नागरिकता वा अन्य कुनै परिचय खुल्‍ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ । कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्ने हुन्छ ।

सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ ।

यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ । विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ ।

सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ७ : ३२ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक