१९ असार २०८३, शुक्रबार | July 3, 2026

बालुवाटार छोड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने



काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पदबाट हट्न बाध्य प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोड्नुअघि देशबासीका नाममा सम्बोधन गर्नेभएका छन् ।

सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि प्रधानमन्त्री ओली स्वतः बर्हिर्गमनमा परेका ओलीले आफ्ना कुरा सबैलाई सुनाएर बालुवाटार छोड्न लागेका हुन् ।

ओली र उनको पार्टी नेकपा एमालेले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाए पनि त्यसलाई सम्मान गर्ने जनाएका छन् । एमालेले फैसला कानूनी र संवैधानिक नभए राजनीतिक उद्देश्ययुक्त भएको टिप्पणी गरिसकेको छ ।

दिउँसो २ बजे गर्ने सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भएका राम्रा कामको फेरि एकपटक व्याख्या गर्ने भएका छन् । उनले आफुलाई कसरी र किन पदबाट हटाइयो भन्ने बारेमा पनि जानकारी गराउने भएका छन् ।

साँझ ५ बजे शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयले तयारी गरिसकेको छ । प्रधानमन्त्री ओलीले त्यसअघि नै सम्बोधन गरेर बालुवाटारस्थित प्रधानमन्त्री निवास छोड्न लागेका हुन् ।  ओली आजै आफ्नो निजी निवास भक्तपुरको बालकोट सर्ने भएका छन् ।

ओलीले दिउँसो २ बजे देशबासीका नाममा सम्बोधन गर्नेभएपछि आजे दिउँसो १ बजेदेखि बालुवाटारमै बोलाईएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ११ : ११ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि