२० माघ २०८२, मंगलबार | February 3, 2026

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५% मात्र



काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ ।

दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्टी प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला ५० प्रतिशत रहेको दूधको खपत वृद्धि हुँदै हाल करीब ६५ प्रतिशत पुगेको छ । मानिसहरूमा कोरोना महामारीको त्रास कायमै रहेकाले बजारले लय समात्न लामो समय लाग्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।

डेरी उद्योग संघका अनुसार निषेधाज्ञाका समयमा डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनलगायत औपचारिक क्षेत्रले काठमाडौं उपत्यकामा दैनिक ३ लाख लिटरको हाराहारीमा दूध विक्री गरिरहेका थिए ।

अहिले पनि दैनिक खपत करीब साढे ३ लाख लिटरको हाराहारीमा मात्र रहेको छ । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ७ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । होटेल रेस्टुराँ र विद्यालयहरूमा मात्रै दैनिक करीब ३ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । अहिले यी क्षेत्रको खपत शून्यको अवस्थामा रहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित हुने बजारमध्ये दूध तथा दुग्धजन्य पदार्थको बजार पनि हो । महामारीका कारण बजारको चक्र बिग्रिएपछि हालसम्म देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात रहन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरूले विक्री नभएको दूधलाई धूलो (पाउडर) र बटर बनाएर मौज्दात गरेका छन् ।

नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै यसबीचमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ । त्यसैगरी डेरी उद्योग संघ र डीडीसीसँग गरी करीब २ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको छ । कोरोना महामारीको तेस्रो लहर आउन सक्ने हल्लाले पनि बजार थप प्रभावित भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए । आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ३२ बजे

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज