२० माघ २०८२, मंगलबार | February 3, 2026

देउवाको शपथग्रहणकै बेला किचलो !



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलवार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।

उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तिको व्यहोरामा असन्तुष्टि जनाए । त्यसपछि शितलनिवास पुगेरै सोबारे आफ्नो धारणा राखे ।

देउवानिकट एक नेताका अनुसार उनले सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा खुलाएरै नियुक्ति र शपथ चाहेका थिए । बूढानीलकण्ठबाट शितलनिवास पुगेपछि उनले त्यो सूचना सच्चिनैपर्ने अडान राष्ट्रपतिसमक्ष राखे र संविधानको धारा ७६९५० उल्लेख गरेर सूचना सच्याएरै राष्ट्रपति कार्यालयले देउवालाई शपथ गरायो ।

राष्ट्रपति कार्यालयले ६ बजेका लागि तय गरेको शपथ सूचना सच्याएपछि राति ८ः२० बजे अर्थात् तोकिएको समयभन्दा करीब साढे २ घण्टा ढिला भएको थियो ।

यसबीचमा करीब डेढ घण्टा देउवा सहितका गठबन्धन आवद्ध नेताहरू राष्ट्रपति कार्यालयमा पर्खाइमा परे । तर सर्वोच्च अदालतले भने सोमवार संविधानको धारा ७६९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

तर राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भने सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ३५ बजे

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र