१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ माथि अनुसन्धान अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई सत्ताको बलमा छुटाएर घर पु¥याईदिएका पूर्वमन्त्री एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठविरुद्ध उजुरी दर्ता गरि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले
अन्तरिम आदेश दिएको छ ।

पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दर्ता गराएकी रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले प्रहरीमा दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन अन्तरिक आदेश दिएको हो ।

‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगेको’ भन्ने मिसिलबाट देखिएका आदेशमा उल्लेख छ ।

‘न्यायाधीश राउत र सुवेदीको इजलासले आदेशमा सार्वजानिक पदमा बहाल रहेका ब्यक्तिले अभियुक्त छुटाउन दवाव दिने जस्तो कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी रुपाले पूर्व मन्त्री श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त दिएकोमा सो दरखास्त समेत रितपूर्वक दर्ता भएको नपाइएको भन्दै सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउन सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ५१ बजे

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका

कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु

बोगोटा । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका