१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लुम्बिनी प्रदेश प्रमुख यादवबाट अर्थ र विनियोजन अध्यादेश जारी



बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा २ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश, २०७८’  जारी गरेका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरि अवरोध आएपनि अध्यादेश ल्याउनु परेको बताए । उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनु पर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनु परेको बताए ।

प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि बिहिबार मुख्यमन्त्री शंकर पोखरेलको अगुवाईमा सत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नु अघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडे पछि आज(शुक्रबार) १ बजे सम्मका लागि सभामुख पुर्ण घर्तीले बैठक सारेका थिए ।

बजेटका लाथि थप समय मागेको सत्तापक्षले छलफलमै नबसी मध्यराती चालु अधिवेशन अन्त्य गरेको छ भने बिहनै २ वटा अध्यादेश जारी गरेको छ ।

सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईएको मन्त्री चाैधरीले बताए ।

 

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५४ बजे

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन