२९ चैत्र २०८२, आइतबार | April 12, 2026

एमालेले सोमबार बोलायो केन्द्रीय कमिटी बैठक, आइतबार पुनः स्थायी कमिटी बस्ने



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । बैठकमा उपस्थितिको लागि माधव नेपाल पक्षका सहित सबै केन्द्रीय सदस्यलाई सूचना पठाइएको छ ।

शुक्रबारको बैठकमा नेपाल पक्ष अनुपस्थित भएको थियो । बैठक स्थगित गरेर थप सहमतिको खोजी गर्न भन्दै नेपाल पक्षबाट विवाद समाधान कार्यदलमा रहेका पाँच जना नेताहरुले अध्यक्ष ओलीलाई बैठकस्थलमै पुगेर भेटे पनि ओलीले अस्वीकार गरेपछि उनीहरु पनि बैठकमा नबसी बाहिरिएका थिए ।
माधव पक्षका सांसदहरु शुक्रबारै बसेको संसदीय दलको बैठकमा पनि अनुपस्थित भएका थिए ।

शुक्रबार मात्र स्थायी कमिटी बैठक बसेको एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न आइतबार फेरि स्थायी कमिटी बैठक पनि बोलाएको छ । अहिलेकै अवस्थामा आइतबारको स्थायी कमिटी बैठक र सोमबारको केन्द्रीय कमिटी बैठकमा माधव पक्ष उपस्थित हुने नहुने प्रष्ट देखिएको छ । तर, विवाद समाधान कार्यदल भंग भएपनि एमालेका दुवै समुहका दोस्रो तहका नेताहरु अनौपचारिक छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ०८ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको