२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमालेले सोमबार बोलायो केन्द्रीय कमिटी बैठक, आइतबार पुनः स्थायी कमिटी बस्ने



काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । बैठकमा उपस्थितिको लागि माधव नेपाल पक्षका सहित सबै केन्द्रीय सदस्यलाई सूचना पठाइएको छ ।

शुक्रबारको बैठकमा नेपाल पक्ष अनुपस्थित भएको थियो । बैठक स्थगित गरेर थप सहमतिको खोजी गर्न भन्दै नेपाल पक्षबाट विवाद समाधान कार्यदलमा रहेका पाँच जना नेताहरुले अध्यक्ष ओलीलाई बैठकस्थलमै पुगेर भेटे पनि ओलीले अस्वीकार गरेपछि उनीहरु पनि बैठकमा नबसी बाहिरिएका थिए ।
माधव पक्षका सांसदहरु शुक्रबारै बसेको संसदीय दलको बैठकमा पनि अनुपस्थित भएका थिए ।

शुक्रबार मात्र स्थायी कमिटी बैठक बसेको एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्न आइतबार फेरि स्थायी कमिटी बैठक पनि बोलाएको छ । अहिलेकै अवस्थामा आइतबारको स्थायी कमिटी बैठक र सोमबारको केन्द्रीय कमिटी बैठकमा माधव पक्ष उपस्थित हुने नहुने प्रष्ट देखिएको छ । तर, विवाद समाधान कार्यदल भंग भएपनि एमालेका दुवै समुहका दोस्रो तहका नेताहरु अनौपचारिक छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ३ : ०८ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष