२० बैशाख २०८३, आइतबार | May 4, 2026

बारबर्दियाले ल्यायो स्थानीय पाठ्यक्रम



बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले स्थानीयविषयवस्तु समेटेर आधारभुत तहको पाठ्क्रमनिर्माण गरी लागु गरेको छ ।नगरपालिकाले ‘बारबर्दिया गौरव’नामक स्थानीय पाठ्यक्रम तयार पारेको हो ।

पाठ्यक्रम कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुको लागि बनाईएको हो । पाठ्यक्रममा बारबर्दियाको परिचय, नक्साङ्कन र इतिहास, नगरपालिकाको गठन, सेवा प्रवाहका विषय बस्तु समेटिनुका साथै नगर भित्र कोकला संस्कृति, रितिरिवाज, संस्कार, स्थानीयधार्मिक एवं पर्यटकीय स्थलहरुका बारेमा जानकारीका साथै स्थानीय पेशा व्यवसाय सिपकलाहरुको बारेमा समेत जानकारी गराइने बारबर्दिया नगरपालिकाले जनाएको छ ।

पाठ्यक्रममा ८ ओटा विषय सूची निर्माण गरेर अध्यापन गराईने बारबर्दिया नगरपालिका शिक्षा शाखाले जानकारी दिएको छ । शिक्षा शाखाका अनुसार पाठ्यक्रम निर्माण गर्नुको मुख्य उद्देश्य स्थानीय विषयबस्तु र आवश्यकता पहिचान गरी सोही अनुरुप विद्यार्थीहरुलाई अध्यापन गराउने रहेको छ । शिक्षाशाखा प्रमुख टिकानाथ गोसाईले विद्यार्थीहरुलाई स्थानीय ज्ञान, सिपकाबारेमा जानकारी दिई श्रमको सम्मान गर्ने भावनाको विकासको साथै स्थानीय पेशा, व्यवसाय, प्रविधि, मुल्यमान्यताका साथै वातावरण संरक्षण तथा प्रवद्र्धन गर्ने रहेको बताए ।

स्थानीय पाठ्यक्रमको विमोचन गर्दै प्रमुख अतिथि तथा बारबर्दिया नगरपालिका प्रमुख दुर्गाबहादुर थारु (कबिर)ले पाठ्यक्रम कार्यान्वयनले नगरपालिका भित्रको विविध पक्षका बारेमा विद्यार्थीहरुलाई जानकारी हुने स्पष्ट पारे । उनले विद्यार्थीहरुले समाज बुझ्नका लागि पाठ्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘आफ्नो समाज, पालिका र देश बुझेको व्यक्तीले मात्रभोली देश हाँक्न सक्छ त्यसैले आफ्नो समाज र पालिकाको बारेमा जानकारी दिनकालागि स्थानीय पाठ्यक्रमलागु गरीएको हो ।’ नगर प्रमुख थारुले भने ।

बारबर्दिया गौरव नामक पाठ्क्रमले विद्यार्थीहरुलाई बारबर्दिया प्रतिगौरव गर्ने खालको शिक्षादिने कार्यक्रमका सहभागीहरुले बताएका थिए । पाठ्यक्रम यसै शैक्षिक सत्रबाट बारबर्दियाका ५४ वटा संस्थागत र सामुदायिक विद्यालयमा लागू गरिनेभएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता