१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीमा २ दिनमा ४५ हजार बढीले लगाए कारोना विरुद्धको भेरोसेल खोप



बुटवल । रुपन्देही जिल्लामा साउन १ र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप अभियानमा ४५ हजार बढीले खोप लगाएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिकाका ९२ खोप केन्द्रहरुबाट ४५ हजार २७६ जनाले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका हुन् ।

कार्यालयका अनुसार २ दिनमा सबै भन्दा बढी बुटवल उपमहानगरमा १२५ प्रतिशतले खोप लगाएका छन् भने सबै भन्दा कम मर्चवारी गाँउपालिकामा ६६ प्रतिशत मात्र लक्षित समुह खोप लगाउन आएका छन् । स्वास्थ्य कार्यालयले रुपन्देहीमा ४६ हजार ४५१ जनालाई खोप दिने लक्ष्य बनाएकोमा ४५ हजार २७६ जनाले खोप लगाएका हुन् ।

खोप अभियान अन्तर्गत ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू, विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई साउन १ गतेबाट पहिलोमात्र भेरोसेल खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

स्वास्थ्य कार्यालयले साउन ४ गते सार्वजानिक यातायातका चालक तथा सहचालकहरुलाई खोप दिने कार्यक्रम बनाएको छ ।

स्थानीय पालिकाहरुले खोप केन्द्रहरुमा राम्रो व्यवस्थापन गर्न नसक्दा रुपन्देहीका कतिपय खोप केन्द्रहरुमा प्रहरीले सामान्य बल समेत प्रयोग गर्नु परेको थियो ।

 

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ४३ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि