२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

रुपन्देहीमा २ दिनमा ४५ हजार बढीले लगाए कारोना विरुद्धको भेरोसेल खोप



बुटवल । रुपन्देही जिल्लामा साउन १ र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप अभियानमा ४५ हजार बढीले खोप लगाएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिकाका ९२ खोप केन्द्रहरुबाट ४५ हजार २७६ जनाले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका हुन् ।

कार्यालयका अनुसार २ दिनमा सबै भन्दा बढी बुटवल उपमहानगरमा १२५ प्रतिशतले खोप लगाएका छन् भने सबै भन्दा कम मर्चवारी गाँउपालिकामा ६६ प्रतिशत मात्र लक्षित समुह खोप लगाउन आएका छन् । स्वास्थ्य कार्यालयले रुपन्देहीमा ४६ हजार ४५१ जनालाई खोप दिने लक्ष्य बनाएकोमा ४५ हजार २७६ जनाले खोप लगाएका हुन् ।

खोप अभियान अन्तर्गत ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरू, विश्वविध्यालय, विध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई साउन १ गतेबाट पहिलोमात्र भेरोसेल खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

स्वास्थ्य कार्यालयले साउन ४ गते सार्वजानिक यातायातका चालक तथा सहचालकहरुलाई खोप दिने कार्यक्रम बनाएको छ ।

स्थानीय पालिकाहरुले खोप केन्द्रहरुमा राम्रो व्यवस्थापन गर्न नसक्दा रुपन्देहीका कतिपय खोप केन्द्रहरुमा प्रहरीले सामान्य बल समेत प्रयोग गर्नु परेको थियो ।

 

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ४३ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२