७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मेलम्ची खानेपानी आयोजना : क्षतिग्रस्त संरचना बनेपछि पानी वितरण



काठमाडौं । मेलम्चीको पानी अब कहिले काठमाडौं आउँछ ? मेलम्ची खानेपानी विकास समिति आफैँ अनुत्तरित छ ।

असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पुर्याएकाले तत्काल पानी ल्याउन सकिने अवस्था छैन । बाढीले बिगारेको संरचनाका सफाइबाट मेलम्ची आयोजनाको काम सुरु हुनेछ ।

बाढीले पुरिएका संरचनाको सफाइ र पुनर्निर्माण तथा मर्मत सुधार गरेपछि मात्रै काठमाडौँमा पानी पठाउन सकिने समितिले जनाएको छ । क्षति पुर्याएको संरचनाका पुनर्निर्माण वर्षातपछि सुरु हुने बताइएको छ ।

समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, “पुरिएका सबै संरचना सफा गर्नुपर्यो, वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ, पहिला सडक बन्नुपर्छ, पुनः योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेकाले पानी कहिले आउँछ यसै भन्न सकिने अवस्था छैन ।”

उनका अनुसार आयोजनामा करिब दुई अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी छ । आयोजना निर्माण स्थलमा पुग्ने पहुँच मार्ग र पुल बाढीले बगाएकोले सबैभन्दा पहिले पहुँच मार्ग र पुल मर्मत, सुधार, पुनर्निर्माण वा नयाँ निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । यो काम वर्षायाममा सम्भव छैन ।

“मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बु-अगरी खण्डमा बाढीपहिरोले मोटरबाटो बगाएको थियो । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ”, पन्तले भने, “चार स्थानमा बाटो बगाएको छ, बाटो निर्माण नहुँदासम्म आयोजनाका काम कठिन छ, हेडवक्र्स सुरुङलगायत सबै संरचना सफा गर्नुपर्छ ।”

हेडवक्र्स करिब १० मिटर पुरिएको जानकारी समितिलाई दिइएको छ । हेडवक्र्समा करिब तीन लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

यसअघि अस्थायी ड्याम बनाएर पानी काठमाडौँ पठाइएको थियो । यो अस्थायी ड्याम बाढीले बगाएको छ । तत्काल पानी ल्याउन अर्को अस्थायी ड्याम निर्माण गर्नुपर्छ तर पहिले क्षति भएका संरचना सफा नगर्दासम्म अस्थायी ड्याम बनाउन सकिने अवस्था छैन । हेडवक्र्स स्थल पुग्ने सडक नै अवरुद्ध छ ।

सुरुङभित्र पानी छ र यो पानी बाहिर निकालेपछि सुरुङ परीक्षण गर्नुपर्ने हुन्छ । अम्बाथानको सहायक सुरुङ टालिएको छ । गत जेठमा परीक्षणस्वरूप काठमाडौँ पठाइएको पानी बन्द गरी सुरुङ निरीक्षणका काम भइरहेको थियो । असारको बाढीपछि सबै काम रोकिएका छन् । सडक र संरचना भत्किएका छन् । आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ६ : ४७ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी