१० असार २०८३, बुधबार | June 24, 2026

पाकिस्तानी समकक्षी इमरान खानले दिए प्रधानमन्त्री देउवालाई बधाई



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हासिल गरेपछि छिमेकी मित्रराष्ट्रका समकक्षीहरुबाट बधाई सन्देश आउन सुरु गरेको छ ।

मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार बिहान ट्वीटरमार्फत बधाई दिएका छन् । पाकिस्तानी समकक्षी खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा देउवालाई बधाई दिएका हुन् ।

खानले आफ्नो सन्देशमा पाकिस्तान नेपालसँग रहेको सौहार्दपूर्ण सम्बन्ध अझ गहिरो बन्ने आशा व्यक्त गरेका छन् । खानले दुई देशबीचको पारस्पारिक हित एवं साझा मुद्दामा नेपालसँग मिलेर काम गर्न पाकिस्तानले जारी राख्ने पनि उनले जनाएका छन् ।

विश्वासको मत हासिल गरेलगत्तै सोमबार राति नै दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट देउवालाई बधाई दिएका थिए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि एकसातासम्म मित्र राष्ट्रका राजदूतहरुले बधाई दिएपनि समकक्षीहरुबाट बधाई सन्देश आएको थिएन ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ३७ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा