७ पुस २०८२, सोमबार | December 22, 2025

२२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने एमालेको निर्णय; ओलीको चेतावनी – ‘गद्दार’लाई पार्टीमा ठाउँ छैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको टिप्पणी गरेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपालसहितका केही नेता र सांसदहरुले पार्टी र कम्युनिष्ट आन्दोलनप्रति गद्दारी गरेको आरोप लगाए । उनले गद्दारहरुलाई पार्टीमा कुनै स्थान नभएको घोषणा गरे ।

सम्बोधनका क्रममा आक्रोशितमा मुद्रामा ओलीले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ? एमालेमा अब उनलाई ठाउँ छैन ।’

उनले पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै नरहने बताए । ओलीले अन्य कोही साथीहरु गल्ती स्वीकार गरेर, सच्चिएर आए स्वागत गर्ने बताए । ओलीले फ्लोर क्रसको घटनालाई चरम अनैतिक भएको टिप्पणी गरे ।

ओलीको प्रस्ताव अनुसार २२ सांसदलाई पार्टी अनुशासन उल्लंघन गरेको अभियोगमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ ।

यस्तै बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : ०६ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८