१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित भएको एमाले कन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आज दिउँसो ३ बजे पनि ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने भएको हो । सोमबारको बैठकमा अन्य विषयहरुले प्रवेश पाएपनि अध्यक्ष केपी ओलीको प्रस्तावमा स्पष्टीकरणको निर्णय गरेर बैठक आज ३ बजे बस्ने गरि स्थगित भएको थियो ।

केन्द्रीय कमिटीकालाई आईतबार बसेको स्थायी कमिटीको बैठकले बिधान महाधिवेशन लगायतको एजेण्डा तय गरेपनि बैठक कारवाही प्रक्रियामा नै सिमित भएको थियो । सोमबार बैठक चलिरहेकै अवस्थामा पार्टी ह्वीप नमान्ने वरिष्ठ नेता माधव नेपाल लगायतलाई बैठकले सिधै निष्काशन गर्ने निणएय गर्नु पर्ने माग गर्दै केन्द्रीय सदस्यहरु खिमलाल भट्टराई, महेश बस्नेत लगायतले बैठकमा हुटिङ गरेका थिए । अध्यक्ष ओलीले सिधै निष्काशन गर्दा बैधानिकता नपाउने बताएपछि हुटिङ रोकिएको थियो । आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

विश्वासको मत दिएका सांसदहरूले भने अबैधानिक कमिटीले गरेको कारबाहीको औचित्य नरहेको बताएका छन् । उनीहरुले ब्यानरमा दशौं बैठक लेखिएपनि २०७५ जेठ २ गते अघि कमिटीमै नभएका ब्यक्तिहरुलाई बैठकमा प्रवेश गराएर गरिएको बैठक बैधानिक हुन नसक्ने बताएका छन् ।

एमाले नेतृ रामकुमारी झँक्रीले आफुहरु कारवाही भोग्न तयार रहेको, तर त्यसको बदलामा अध्यक्ष ओलीले अध्यक्ष पद त्याग्नु पर्ने बताएकी छिन् । हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ०५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज