१९ असार २०८३, शुक्रबार | July 4, 2026

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित भएको एमाले कन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आज दिउँसो ३ बजे पनि ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्ने भएको हो । सोमबारको बैठकमा अन्य विषयहरुले प्रवेश पाएपनि अध्यक्ष केपी ओलीको प्रस्तावमा स्पष्टीकरणको निर्णय गरेर बैठक आज ३ बजे बस्ने गरि स्थगित भएको थियो ।

केन्द्रीय कमिटीकालाई आईतबार बसेको स्थायी कमिटीको बैठकले बिधान महाधिवेशन लगायतको एजेण्डा तय गरेपनि बैठक कारवाही प्रक्रियामा नै सिमित भएको थियो । सोमबार बैठक चलिरहेकै अवस्थामा पार्टी ह्वीप नमान्ने वरिष्ठ नेता माधव नेपाल लगायतलाई बैठकले सिधै निष्काशन गर्ने निणएय गर्नु पर्ने माग गर्दै केन्द्रीय सदस्यहरु खिमलाल भट्टराई, महेश बस्नेत लगायतले बैठकमा हुटिङ गरेका थिए । अध्यक्ष ओलीले सिधै निष्काशन गर्दा बैधानिकता नपाउने बताएपछि हुटिङ रोकिएको थियो । आजको बैठकमा सोही विषयमा छलफल हुने बताइएको छ ।

विश्वासको मत दिएका सांसदहरूले भने अबैधानिक कमिटीले गरेको कारबाहीको औचित्य नरहेको बताएका छन् । उनीहरुले ब्यानरमा दशौं बैठक लेखिएपनि २०७५ जेठ २ गते अघि कमिटीमै नभएका ब्यक्तिहरुलाई बैठकमा प्रवेश गराएर गरिएको बैठक बैधानिक हुन नसक्ने बताएका छन् ।

एमाले नेतृ रामकुमारी झँक्रीले आफुहरु कारवाही भोग्न तयार रहेको, तर त्यसको बदलामा अध्यक्ष ओलीले अध्यक्ष पद त्याग्नु पर्ने बताएकी छिन् । हिजो बसेको केन्द्रीय कमिटीको बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ०५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०