२१ माघ २०८२, बुधबार | February 4, 2026

लक्ष्यअनुरूप काठमाडौं-तराई-मधेश द्रुतमार्गको काम



काठमाडौं । काठमाडौं-तराई/मधेस द्रुतमार्गको निर्माणको काम लक्ष्यअनुसार हासिल भइरहेको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको यो आयोजनाको गत आर्थिक वर्षसम्म भौतिक प्रगतिको कुल लक्ष्य १६ दशमलव २१ प्रतिशत रहेकोमा सो अवधिसम्म कुल भौतिक प्रगति १६ दशमलव १० प्रतिशत सम्पन्न भएको सेनाले जनाएको छ ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ को बैठकले द्रुतमार्ग निर्माणको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सेनाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७७/७८ मा आयोजनाको कुल अंशको थप पाँच दशमलव १० प्रतिशत काम सम्पन्न भई समष्टिगत भौतिक प्रगति १६ दशमलव १० प्रतिशत र वित्तीय प्रगति १४ दशमलव ५१ प्रतिशत लक्ष्य हासिल भएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा आठ अर्ब ९६ करोड ८८ लाख रुपियाँ विनियोजन भएकोमा वार्षिक आर्थिक प्रगति ९७ दशमलव ३४ प्रतिशत रहेको सेनाले जनाएको छ । त्यसैगरी आयोजनाको सुरुङमार्ग निर्माण गर्न छनोट भएका निर्माण कम्पनीले कार्य प्रारम्भ गरिसकेको सेनाले जनाएको छ । त्यसैगरी सडक आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन निरीक्षणका लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानीय विषय विज्ञहरू छनोट गरी सर्भेलगायतका काम भइरहेका छन् ।

आयोजनाको समष्टिगत वातावरणीय प्रभाव मूल्याङ्कन तथा सुरुङमार्ग र पुल निर्माण सम्बन्धमा केही परिमार्जन भएअनुरूप पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भई कार्य प्रारम्भ गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

रुख काट्ने काम सम्पन्न

रुख कटान तथा व्यवस्थापनसम्बन्धी कार्य शतप्रतिशतरूरुपमा सम्पन्न भएको सेनाले जनाएको छ ।

रुख कटान भएअनुसार १ः२५ को अनुपातमा वृक्षरोपण गर्ने कार्यअनुरूप गत आर्थिक वर्षको असार मसान्तसम्म दुई लाख ४९ हजार १६६ वटा वृक्षरोपण गरिएको छ ।

त्यसैगरी अहिलेसम्म ९१ दशमलव पाँच प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरणसम्बन्धी कार्य सम्पन्न गरिएको छ भने खोकना-बुङ्मती इलाकामा रहेको जग्गा विवाद समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको छ ।

आयोजना स्थलमा १४ वटा बेलिब्रिज जडान गर्ने योजनाअनुसार आठवटा बेलिब्रिज जडान गरी सञ्चालनमा ल्याइएको छ भने अन्य जडान हुने क्रममा रहेका छन् । सेनाका अनुसार पुल तथा सुरुङ निर्माण कामका लागि आवश्यक पर्ने पहुँच मार्ग निर्माणको काम पनि अगाडि बढाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ५७ बजे

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास