२६ बैशाख २०८१, बुधबार | May 8, 2024

२२ सांसदलाई ओलीले सोधे स्पष्टीकरण, २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए कारवाही



काठमाडौं । नेकपा (एमाले)ले आफ्ना २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र साउन ५ गतेको मितिमा २२ सांसदहरुलाई थमाइएको छ ।

माधवकुमार नेपालसहित २२ जना सांसदले पार्टीको निर्देशन विपरित यही ३ गते शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ४ गते बसेको केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा हिजोको मितिमा २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन सबै सांसदलाई निर्देशन दिइएको छ ।

मंगलबार तयार पारिएको स्पष्टीकरण पत्र भने नेपाल २२ सांसदले बुधबार मात्र प्राप्त गरेका छन् । एमालेको नेपाल पक्षमा खुलेका १४ र ओली पक्षमा रहेका ८ सांसदले देउवालाई विश्वासको मत दिएका थिए । यस्तै, ११ जना सांसदले पार्टीको निर्देशन विपरित संसद बहिस्कार गरेका थिए । उनीहरुलाई भने स्पष्टीकरण सोधिएको छैन ।

स्पष्टीकरण पत्रमा विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य किन गरेको भनेर अध्यक्ष ओलीले सोधेका छ्न्। पत्रमा पार्टीबाट निष्कासन किन नगर्ने भनेर सोधिएको छ। पत्रमा अगाडि लेखिएको छ, ‘पार्टीका विरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टिको निर्णय विरुद्धमा आफू र अरु समेत संलग्न भई विभिन्न कार्य गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?’

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : २७ बजे

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको

झलनाथले एकीकृत समाजवादी पार्टी फुटाउन खोजेको भन्ने हल्ला गलत : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रू

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल