१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

रेलमा झेलैझेल



काठमाडौं । भारतबाट करिब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक-पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर-जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि सबै पूरा भएको जनाए पनि तयारी अभावका कारण अझै रेल सञ्चालन टुंगो लाग्न सकेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि अझै आवश्यक सबै तयारी पूरा नभएको पाइएको छ ।

अब भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्तपछि मात्रै रेल्वे ट्रयाक र पूर्वाधार हस्तान्तरण प्रक्रिया अघि बढ्ने देखिएको छ । सरकारले आइतबारमात्रै रेल खरीद गरेको १० महिनापछि जनकपुर-जनयनगर रेलवे सेवा ‘ट्रयाकस्पिड’ परीक्षण गरेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर जयनगर रेल्वे सेवा सञ्चालनका लागि आइतबार रेल्वे ‘ट्रयाकस्पिड’ र प्राविधिक परीक्षण गरिएको जानकारी दिए ।

भारत पूर्वी केन्द्रीय रेलवे कम्पनीको डिजल लोकोमोटिभ रेल प्रतिघण्टा ६० किलोमिटर गतिमा जयनगर रेलवे स्टेसनबाट जनकपुर आएको र जनकपुरबाट प्रतिघन्टा १ सय २० किलोमिटर गतिमा जयनगर फर्किएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको थियो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा भारतबाट दुई रेल खरिद गरी ल्याएको हो । ३४ किलोमिटर जनकपुर-जयनगर रेलमार्ग ब्रोड गेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा सरकारले गरेको थियो । आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : २१ बजे

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना