१९ असार २०८३, शुक्रबार | July 4, 2026

एमालेका २२ सांसदले स्पष्टीकरण पत्रको जवाफ फर्काउने



काठमाडौं । नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले स्पष्टीकरणको जवाफ संसदीय दलको कार्यालयमा गएर बुझाउने भएका हुन् ।

यही साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली पक्षधर केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल पक्षमा खुलेका १४ जना र ओलीकै पक्षमा रहेका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

सोही निर्णयअनुसार ५ साउनमा तयार पारिएको स्पष्टीकरण पत्र हिजो मात्र पठाइएको थियो । अध्यक्ष ओलीले हस्ताक्षर गरेको स्पष्टीकरण पत्रमा विश्वासको मतमा दिएको मतदानबारे कुनै उल्लेख छैन । तर, पार्टी निर्णय विपरित विपक्षी गठबन्धनमा सामेल भएको, पार्टी विरुद्ध भेला र गुट चलाएर अपराधपूर्ण काम गरेकोमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण माग गरिएको छ ।

संविधानको धारा ७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने सर्वोच्च अदालतले फैसला गरेको थियो ।

स्पष्टीकरण सोधिएका सांसदले अध्यक्ष ओलीले पार्टीलाई एकलौटी चलाउन खोजेको भन्दै पार्टी एकताको पक्षमा उनी र उनको समुह नै नरहेको जिकिर गरेका छन् ।

एमालेले नेपालसहित सांसदहरु मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, लक्ष्मी चौधरी, किसन श्रेष्ठ, प्रेम आलो, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, हीरा केसी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, बिना बुढाथोकीलाई स्पष्टीकरण सोधेको थियो ।

तर पार्टीको निर्देशन विपरित देउवाको विपक्षमा मतदान नगर्ने अन्य ११ जना सांसदलाई भने एमालेले स्पष्टीकरण सोधेको छैन । नेपाल पक्षका ती ११ सांसदले मतदान बहिस्कार गरेका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ३ : ०१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०