२ पुस २०८२, बुधबार | December 17, 2025

जसपा विवादको फैसला सोमबार



काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।

आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।

सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ ।

इजलासका प्रमुखसमेत रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको बिहीबारको इजलासले जसपा नेपाल नामक दल २४ असार २०७७ मा दर्ता भएको र दर्ता भएका बखत सनाखतमा उपस्थित पदाधिकारी तथा सदस्यलाई नै विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा ६ अनुसार नागरिकता वा मतदाता पत्रको सक्कलसहित आयोगमा उपस्थित हुन आदेश दिएको हो ।

‘निवेदक पक्ष र विपक्षी दुवैलाई ११ गते केन्द्रीय कार्यकारिणी समितिमा रहेका पदाधिकारी र सदस्यसहित पक्षविपक्षमा खुलेर आउनू भनेका छौं । सोही दिन नै नागरिकता वा मतदाता परिचयपत्रसहित हेडकाउन्ट हुन्छ, त्यही दिन विवादको छिनोफानो हुन्छ,’ आयोग उच्च स्रोतले भन्यो ।

१२ असार २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता समाजवादी पार्टी नेपाल दर्ता गर्ने सन्दर्भमा प्रस्तावित केन्द्रीय पदाधिकारी र सदस्यहरूको सनाखत भई जसपा बनेको थियो ।

‘अहिलेसम्म दुवै पक्षबाट प्राप्त कागजातको अध्ययन भयो, कागजात हेर्दा यादव पक्ष बलियो हो कि भन्ने देखिन्छ, बाँकी टुंगो सनाखतबाटै हुने हो, कानुनी विधि र प्रक्रिया पनि त्यही हो,’ आयोग स्रोत भन्छ ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो ।

छलफलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रूपमा आधिकारिकता विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको थियो । आयोगमा जसपाको केन्द्रीय समितिका रूपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ । त्यसमध्ये ३३ जना यादव पक्षमा रहेको दाबी छ ।

आयोगको इजलासले गत सोमबार दुवै पक्षबाट विवाद सुरु भएयता गरिएका काम कारबाहीबारे निर्णयका सक्कल कागजात मागेको थियो । सो कागजातको अध्ययनपछि बिहीबार आयोगले दुवै पक्षका अधिवक्तालाई दुई÷दुई घण्टा समय दिएर बहस गरेको थियो । आयोगको इजलासमा हुने दुवै पक्षको बहस र सुनुवाइ बिहीबार नै टुंग्याएको जनाएको छ ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन गठन गरेको इजलास इजलासले ३ साउनबाटै जसपा विवादबारे सुनुवाइ सुरु गरेको थियो । इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा छन् । यसअघि भने आयोगले जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षलाई बोलाएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ ९४० को व्यवस्थाअनुसार सहमतिको प्रयास गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ०२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको