१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

कांग्रेस महाधिवेशन : पार्टीको केन्द्रीय नेतृत्व ताक्दै युवा जमात



दाङ । जिल्लाका विद्यार्थी नेता टोपबहादुर बुढाथोकी नेपाल विद्यार्थी संघको उपाध्यक्ष बनेको ७ वर्ष पुग्नै थाल्यो । कांग्रेसको विधानअनुसार उनी चुनिएको दुई वर्षमै उनको कार्यकाल सकिनुपर्थ्यो ।

तर नेवि संघको जिल्ला अधिवेशन नहुँदा उनी ७ वर्षसम्म नेवि संघको उपाध्यक्षमै सीमित बन्न पुगे । नेवि संघमा रहेर थप राजनीति गर्नका लागि उनलाई उमेर हदबन्दीले अब दिन्न । ३२ वर्ष उमेर समूहका मात्रै नेवि संघको राजनीतिमा रहन पाउने कांग्रेसको विधानअनुसार अब उनी स्वतः बिदा हुनुपर्छ ।

सात वर्षसम्म नेविसंघको उपाध्यक्षमा रहेर जिम्मेवारी बहन गरेका बुढाथोकीको राजनीति अब पार्टीतर्फ सोझिएको छ । पार्टीको महाधिवेशनको मुखैमा वडा तहमा सक्रिय बुढाथोकी क्षेत्रीय प्रतिनिधिका लागि माहोल निर्माण गरिरहेका छन । अब उनले कांग्रेसको जिल्ला सदस्य पदको आकांक्षा राखेका छन । ‘झण्डै सात वर्षसम्म रहेर नेवि संघको उपाध्यक्षको जिम्मेवारी लिएँ, अब मलाई नेवि संघको राजनीति गर्न उमेर हदबन्दीले पनि दिन्न,’ उनले भने,‘अब वडाबाट क्षेत्रीय प्रतिनिधि चुनिएर कांग्रेसको जिल्ला सदस्य बन्ने लक्ष्यमा उत्रिएको छु ।’

कांग्रेसको युवा संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती पनि पार्टीको क्षेत्रीय राजनीति गर्ने योजनामा छन । लामो समयसम्मको तरुण दलको अध्यक्षको जिम्मेवारीपश्चात उनको आगामी यात्रा पनि स्वाभाविकै रूपमा अब पार्टी राजनीति नै हो । उनले भने, ‘क्षेत्रीय सभापतिका लागि तयारी गरिरहेको छु, तर सबै साथी, अग्रजहरूसँगको सल्लाहबमोजिम क्षेत्रीय सभापतिमा लड्ने या नलड्ने भन्ने निर्णयमा पुग्नेछु ।’ उनको पनि क्षेत्रीय प्रतिनिधि चुनिने एक मात्रै योजना छ ।

मिति तय भैइकेको कांग्रेसको १४ औँ महाधिवेशनले जिल्लाका युवा कांग्रेसीहरूलाई नेता बन्ने स्वर्णिम अवसर आएको महसुस गराइदिएको छ । लामो समयसम्म नेवि संघ, तरुण दल जस्ता भातृ संस्थामा रहेर राजनीति गरेका उनीहरू अधिकांश अब पार्टी राजनीतिमा सक्रिय हुने अभिलाषा पलाएको छ । यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : २५ बजे

प्रहरी संगठनलाई विवादमा तानेर चालबाजीलाई गर्नेहरुलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं । केही सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’

एनपीएल-३ : कर्णाली याक्सको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सम्भावित अर्नव चक्रवात: यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना