७ श्रावण २०८३, बिहिबार | July 23, 2026

चिनियाँ राष्ट्रपति बनेपछि सी चिनफिङद्वारा पहिलोपटक तिब्बतको भ्रमण



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गरेका छन् ।

बुधबार राष्ट्रपति सी भारतको उत्तरपूर्वी सीमा नजिकै रहेको निङ्ची शहर पुगेका थिए । त्यहाँ स्थानीय जनताले सीको भव्य स्वागत गरेका थिए । सीले निङ्चीमा स्थानीयसँग भेटघाट र विभिन्न विकास आयोजनाको निरीक्षण पनि गरेका थिए। सीले स्थानीय बासिमा तिब्बती समुदाय सुखी भविष्यप्रति अघि बढिरहेको बताएका थिए ।

निङ्चीबाट हालै मात्र संचालनमा आएको तिब्रगतिको रेल चढेर सी राजधानी ल्हासा पुगेका थिए। ल्हासामा सीले चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत विभागका पदाधिकारीहरु, तिब्बत सरकारका अधिकारीहरुसँग भेट छलफल गरेका छन् ।

चीन सरकारले गर्व गरेको यो नयाँ रेलसेवाले पूर्वी तिब्बतका बासिन्दालाई राजधानी ल्हासासम्म जोड्न मद्दत गरेको छ । यो रेल सेवा राष्ट्रिय अखण्डता र सार्वभौमिकता रक्षाका लागि सीमा क्षेत्रमा खटिएका जनमुक्ति सेनालाई छिटो लजिस्टिक पुर्याउन समेत सहयोगी बन्ने चिनियाँ अधिकारीहरुले विश्वास गरेका छन् । निङ्ची–ल्हासा रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्छ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्। राष्ट्रपति सीले निङ्चीमा सिचुवान–तिब्बत रेल्वे सञ्चालनका बारेमा जानकारी लिएका थिए ।

राष्ट्रपति भएपछिको सीको पहिलो तिब्बत भ्रमण हो । सी सन् २०११ मा उपराष्ट्रपति हुँदा पहिलोपटक तिब्बत पुगेका थिए । तिब्बत स्वशासित क्षेत्र भएको ७० वर्ष पुगेको अवसरमा राष्ट्रपति सीसहितको टोली तिब्बत भ्रमणमा आएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १२ : २६ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी