१ पुस २०८२, मंगलबार | December 16, 2025

गोरखामा निषेधाज्ञा थप



गोरखा । जिल्लामा यही साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्लाभित्र निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले यसअघि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो पारेर निषेधाज्ञा थप गरिएको जानकारी दिए । निषेधाज्ञाका बेला जिल्लाभित्र सभा, सम्मेलन, गोष्ठी, तालिम, भेला, जात्रा तथा महोत्सव गर्न पाइने छैन ।

यसबाहेक सङ्ग्रहालय, रङ्गशाला, कबर्ड हल, खेलकुद मैदान सिनेमाहल, डान्स सेन्टर, ब्युटी पार्लर, शैलुन र जिमखाना सञ्चालनमा रोक लगाइएको उनको भनाइ छ । डीसीएमसीको बैठकले जिल्लाभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था मिलाउनु पर्ने, चालक, सहचालक र यात्रुले अनिबार्य रुपमा मास्क, पञ्जा तथा फेससिल्डको प्रयोग गर्नुपर्ने निर्णयलाई यथावत राखेको छ ।

जिल्लाभित्र विवाह, ब्रतबन्ध, एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न पनि रोक लगाइएको छ । आफ्नै घरमा सञ्चालन गर्न बढीमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी गर्न पाउने निर्णय डीसीएमसीको बैठकले गरेको छ ।

सेवाग्राहीको भीड हुने प्रकृतिका सरकारी कार्यालयमा आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने र बैङ्क तथा वित्तीय संस्थाले भौतिक दूरी कायम गरी सेवा प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । रासस

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज