१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

क्यानले आयोजना गर्ने खेलहरु डिशहोमको एक्सन स्पोर्टस्ले प्रशारण गर्ने



काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टस्ले प्रशारण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने संझौता भएको हो । उक्त सम्झौतामा डिश मिडिया नेटवर्क का प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच हस्ताक्षर गरेका छन् ।

यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

आगामी दिनमा पनि नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् ।
क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताएका छन् ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : ४७ बजे

धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरलाई

काठमाडौँ । ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी

सबै अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा निर्वाचन केन्द्रीत

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको