२१ माघ २०८२, बुधबार | February 4, 2026

बुटवलका सडकहरू डिसइन्फेक्सन बनाइँदै



बुटवल । (कोभिड-१९) कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा “क्लोरिन” तथा “ब्लिचिङ पाउडर”सहितको किटाणु नाशक स्प्रे छर्किएको छ ।

सहरका मुख्य सडकहरूलाई “डिस्इन्फेक्सन (Disinifectant)” गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो ।

नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।

तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरि सकिने र राहत वितरण संगै सार्वजनिक अपील पनि गरिने प्रमुख सुवेदीले जानाकारी दिनुभयो । सडक किनारमा टाँसिएर रहेका भाईरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।

उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । दमकलमा राखेर सडक र पेटीमा छर्किने र संगसंगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको शर्माले बताउनुभयो । उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्‍याइने बताएको छ ।

पहिलो चरणमा ४ लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छर्कने काम भइरहेको जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहको भनाई छ ।

चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म औषधि छर्किइने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । दोस्रोचरणमा अरु वडाहरुमा टोली परिचालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ०३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता