२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिको आयोजनामा एकदिने अभिमुखीकरण



भैरहवा । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले शनिबार एकदिने लायन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

ओमसतिया गाँउपालिका वडा नम्बर ४ बसन्तपुरस्थित बोधी रेडशन रिसोर्टमा लायन्स क्लब अफ ओमसतिया र लायन्स भैरहवा ग्रीन सिटीका सदस्यहरुलाई संयुक्त रुपमा अभिमुखीकरण तालिम दिइएको लायन्स ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष लायन गोविन्द प्रसाद गिरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस डिस्ट्रिक गभर्नर पिएमजेअफ लायन नवराज न्यौपानेले लायन्स ग्रिनसिटीको प्रशंसा गर्दै स्थापना कालको छोटो समयमै लायन्स क्लब अफ ओमसतियालाई जन्माउनु उत्कृष्ट कार्य भएको बताए ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक चिफ एडभाईजर एमजेअफ उमंग देवकोटाले लायन्स क्लबको विषयमा, लायन्सका विभिन्न पदाधिकारीको भूमिका तथा कर्तव्यका बारेमा जानकारी गराएका थिए ।

डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्सको काम कर्तव्य र अनुशासन सम्बन्धी तालिम दिएका थिए । एल.सी.आइ.अफ. संयोजक ईं किरण खरेलले कोष सम्बन्धी तालिम दिएका थिए ।

डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डेले बैठक संचालन सम्बन्धी तालिम दिए । लायन्स भैरहवा ग्रीन सिटीका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले संस्था स्थापनाको बारेमा प्रकाश पारेका थिए ।

लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापाले लायन्स क्लबले सामाजिक सेवामा हात अगाडी बढाएको बताए ।

कमल रायमाझीको संयोजकत्व तथा रोशन शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपकी अध्यक्ष माया सारु मगर, लायन्स गीन सिटी तथा लायन्स ओमसतियाका सदस्यहरुको उल्लेखनिय सहभागिता थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : १४ बजे

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा