२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कांग्रेस महाधिवेशन अन्योलमा, तल्ला तहका अधिवेशन स्थगित



काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार घोषित तल्ला तहका सबै अधिवेशन स्थगित भएको छ । तल्ला तहका अधिवेशन स्थगित भएपछि कांग्रेसको १४औं महाधिवेशन पनि अन्योलमा परेको छ ।

क्रियाशील सदस्यताको विवाद बढ्दै जाँदा कांग्रेसले १२ साउनबाट सुरु गर्ने भनेको वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमुनिका सबै तहका अधिवेशन अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरेको हो ।

शनिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यसअघि निर्धारित तल्ला तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशसरण महतले जानकारी दिए ।

महतका अनुसार क्रियाशील सदस्यता विवादबारे टुंगो लगाएपछि केही दिनभित्रमा नै सबै तहका अधिवेशनका लागि अर्को मिति तोकिनेछ ।

‘क्रियाशील सदस्यताका विषयमा विवाद देखिएपछि वडा तहदेखिका अधिवेशन स्थगित गरिएको छ, केन्द्रीय महाधिवेशनको मिति अहिले चलाइएको छैन, सदस्यताका विषयमा टुंगो लगाएर केही दिनभित्रै सबै तहका अधिवेशनका मिति घोषणा हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ४१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa