२३ भदौ २०८३, मंगलबार | September 8, 2026

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन



काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलका दुईवटा बैठकले नयाँ सरकारले जनहितमा गर्न सक्ने कामको खाका तयार गरेको हो ।

सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता दिने तयारी गरेको छ । सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा पाँच दलीय गठबन्धनका नेताहरू सक्रिय छन । सोही क्रममा शनिबार साँझ पाँच दलीय कार्यदलले शीर्ष नेताहरूलाई सरकारको साझा कार्यक्रम निर्माणसहितका विषयमा अहिलेसम्म गरेका कामको जानकारी गराएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी बैठकमा कार्यदलका संयोजक खड्काले कार्यदलले गरेको कामको ब्रिफिङ गरेका हुन ।

कार्यदलले तयार गरेको प्रस्तावमा शीर्ष नेताहरूले केही विषय संशोधन र थप गर्न कार्यदललाई सुझाएका छन । कार्यदलका दुईवटा बैठकले गरेको कामका विषयमा शीर्ष नेताहरूलाई ब्रिफिङ गर्ने काम भएको जानकारी दिँदै संयोजक खड्काले भने, ‘शीर्ष नेताहरूले जनहितमा सरकारले काम गर्नुपर्ने र त्यसका लागि प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।’

देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि गठबन्धनको बैठकमा सहभागी हुन छाडेका एमाले नेता माधवकुमार नेपाल पनि सहभागी भए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ७ : २७ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी