२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपाल पक्षको अडान : समान अधिकारसहितको एकता



काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन । नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा अधिकांश सहभागीले अहिलेको अवस्थामा पार्टी एकता नै उपयुक्त बाटो भएको तर एकता समान अधिकार र सम्मानजनक हुनुपर्ने बताएका हुन् । उनीहरूले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दा एक प्रकारले आफूहरूको जित भएको बताउँदै सम्मानजनक एकतामा जोड दिएका हुन ।

छलफलमा समग्र राजनीतिक अवस्थाको मूल्यांकन गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा अध्यक्ष केपी ओलीका तर्फबाट आएका विभिन्न प्रस्तावबारे चर्चा भएको थियो । सहभागीले सुवास नेम्वाङ र विष्णु पौडेलले राखेको प्रस्तावमा सकारात्मक हुनुपर्ने र त्यसलाई कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

स्रोतका अनुसार नेम्वाङ र पौडेलेको प्रस्तावमा नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष बनाउने उल्लेख छ । नेपालले भने यो विषय पहिला नै आएको भन्दै विश्वास गर्ने आधार अझै नबनेको टिप्पणी गरेका छन । विधान संशोधन गरेर सुनिश्चित हुने अवस्था आएमात्रै यो प्रस्तावमा अघि बढ्न सकिने उनको अडान छ । ‘छलफलका क्रममा बराबर अधिकारसहितको विषय उठेको थियो । त्यस्तो हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ भन्ने साथीहरूको सुझाव छ’, विवाद निरुपण कार्यदलको सदस्यसमेत रहेका सुरेन्द्र पाण्डेले भने । उनले पार्टी एकताका विषयमा सबै एकमत रहेको बताए । छलफलमा सहभागी अर्का नेता रघुजी पन्तले पनि सुझाव दिने क्रममा नेताहरूले सम्मानजनक एकताको कुरा उठाएको बताए। ‘साथीहरूले आफूलाई लागेको सुझाव दिनुभएको छ । बैठकमा सम्मानजनक एकताकै विषय बढी उठेको छ, बैठक सकिएको छैन’, पन्तले भने । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ७ : ११ बजे

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता