काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् ।
सोमबार डिल्लीबजार जेलबाट निर्वाचन आयोगमा उपस्थित भएका चौधरीले आफु पार्टी विवादमा तटस्थ बसेका हुन् ।
चौधरीले आयोग पुगेपछि केहीबेर नेताहरुसँग छलफल गरेका थिए । चौधरीले आफु मुल पार्टीमा रहेको बताउँदै जसपा कार्यकर्ताको हैसियतमा तटस्थ बसेकोे बताएका छन् । यसअघि आयोगले चौधरीको सनाखत जेलबाटै गराउन खाजेको थियो । तर पछि उनलाई प्रहरीको कडा सुरक्षा घेराका बीच आयोग पुर्याइएको थियो ।
५१ सदस्यीय कार्यकारिणी रहेको जसपामा अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर सनाखत भएको छ भने ठाकुरको पक्षमा १६ जनाको सनाखत भएको छ ।
प्रतिक्रिया