२१ माघ २०८२, बुधबार | February 4, 2026

सम्बन्धित प्रदेशभरका सूचना संकलन प्रदेश ५ सरकारले बनायो कोरोना एप



बटवल । प्रदेश ५ सरकारले कोभिड-१९ संग सम्बन्धित प्रदेशभरका सूचना संकलन र संप्रेषण गर्न मोवाइल एपको निमार्ण गरेको छ ।

आईतबार मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादर केसीद्धारा जारी बिज्ञप्तीमार्फत कोरोना भाइरस हाल विश्वमा महामारीको रुपमा फैलिएको छ । नेपाललाई महामारीको जोखिमबाट बचाउन हामी सबैको सक्रियता आवश्यक छ ।

तीनतहका सरकार आवश्यक समन्वय र सहकार्य गर्दै संभावित जोखिमबाट मुलुकलाई जोगाउन क्रियाशिल भइरहेको अवस्थामा नागरिकको पूर्ण सहयोग आवश्यक छ । जोखिमबाट नागरिकलाई जोगाउन सरकारले लकडाउन घोषणा गरेको छ र त्यसको पूर्णतःपालनाका लागि नागरिकलाई आग्रह गरिरहेको छ ।

देश लकडाउनमा रहेको अवस्थामा प्रकोप विरुद्ध लड्न प्रविधीको प्रयोग एउटा महत्वपूर्ण उपाय भएको उल्लेख गर्दे प्रदेश ५ को सरकारले निम्न बिशेषता सहितको एपस निर्माण गरेको बताउनुभएको छ ।

यस एपलाई आफ्नो मोबईलमा डाउनलोड गरी साईन अप गरेपछि कोभिड १९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाऊन सकिन्छ ।

#यस एप मार्फत Location सहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ ।

#यस एपको माध्यमबाट कोभिड १९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठाइ उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिन्छ ।

#भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसे नबसेको विवरण समेत यस एप मार्फत पठाऊन सकिन्छ ।

#धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका छन् । यस्ता कृयाकलापले आफुलाई मात्र नभई समाजलाई नै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । तसर्थ यदि तपार्इंको छरछिमेकमा त्यस्तो अवस्था भएको देख्नुभएमा यस एप मार्फत रिपोर्ट गर्न सक्नुहुनेछ।

#यस एपबाट कोभिड १९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क एवं समाचारहरू समेत प्राप्त गर्न सकिनेछ ।

यस एप मार्फत संकलन हुने विवरणले कोभिड १९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा निक्कै मद्धत मिल्नेछ । त्यसैले प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस एप मार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भारस कोभिड १९ संग संवन्धित विवरण पठाउन प्रदेश सरकार, प्रदेश ५ हार्दिक अनुरोध गर्दछ ।

यस एपमार्फत संकलन भएका सबै सूचना गोपनियताका साथ राखिने छ । यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टल (http://cm.p5.gov.np) मा गइ डाउनलोड गर्न सकिने छ । साथै गुगल प्ले स्टोरमा समेत २०७६।१२।२४ गते देखि उपलव्ध हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ७ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता