२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ ।

सञ्चय कोषले उक्त आयोजनामा रू ११ अर्ब ३३ करोड ऋण लगानी गर्नेछ । कोषले आयोजनामा लाग्ने कुल लागतको ७० प्रतिशत रकम ऋण लगानी गर्न लागेको हो । आयोजनामा रू १६ अर्ब १९ करोड लागत लाग्ने अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत सञ्चय कोषले ऋण लगानी गर्न लागेको हो ।

आयोजनामा लगानी गर्ने सम्बन्धमा सोमवार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा आइतवार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण लगानी सम्बन्धमा हस्ताक्षर भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका थिए ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सरकारले उक्त आयोजना निर्माण गर्न लागेको हो । यसमा ३० प्रतिशत लगानी भने कम्पनीको स्वपूँजी र सर्वसाधारणबाट जुटाउने योजना रहेको छ । तामाकोशी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोशी पाँचौंको बाँध, बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर) लगायत संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमीटर सुरुङ, विद्युत् गृह, २ किलोमीटर २२० केभी प्रसारण लाइनलगायत मुख्य संरचना भने निर्माण गर्नुपर्ने छ । विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भइसकेको आयोजनाले विद्युत् उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ ।

चीनको अगुवाइमा स्थापना भएको एशियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआईआईबी) को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ । आयोजनाको अहिले निर्माणपूर्वका कामहरू भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ३२ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार