७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन । वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो । कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ ।

परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने भएपछि विद्यार्थीहरूलेनै आफुले अध्ययन गरेका विषयवस्तुहरू लेख्ने र पढ्ने बानी बिर्सेको भन्दै विद्यालयहरूमा पुनःतयारीको दबाब दिएपछि विद्यालयहरूले सोमबारदेखि विद्यार्थीलाई विद्यालयमै बोलाएर कक्षा १२ को प्रि-बोर्ड परीक्षा सञ्चालन गरेका छन । छाउनीमा रहेको काठमाडौं भ्याली स्कुल कलेजमा सोमबार पुग्दा विद्यार्थीहरू स्वास्थ्य सुरक्षाको मापदन्ड पूर्ण रूपमा पालना गरी प्रि-बोर्ड परीक्षाका लागि पुगेका थिए ।

विहानै सवेरै परीक्षाको तयारीकोलागि प्रि-बोर्ड परीक्षामा सहभागिता जनाउँन पुगेका विद्यार्थीहरू मास्क, स्यानिटाइजर, फेससिल्ड लगाएतका सम्पूर्ण मापदन्ड पालना गरेका थिए । मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए । यति मात्र होइन प्रि-बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो ।

‘आज सोमबार अंग्रेजी विषयको परीक्षा हो। धेरैपछि हामीले घरमा परीक्षाका लागि भनेरै अध्ययन गर्न पाउँदा आफूले पहिले पढेको सबै बिर्सेको जस्तो पो महसुस भयो,’ म्याली भ्यु स्कुल परीक्षामा सहभागी एक विद्यार्थीले नागरिकसँगको भेटमा भने, ‘तीन घन्टाको परीक्षामा लेख्ने बानीसमेत छुटिसकेको मलाई महसुस भयो । स्कुलले लिएको प्रि-बोर्ड परीक्षाले कम्तीमा साउन ३१ गतेको फाइनल बोर्ड परीक्षाको लागि भने तयारी गराएको हामीलाई महसुस भयो ।’ यति मात्र होइन परीक्षा बोर्डले साउन अघिनै कक्षा ११को अन्तिम परीक्षासमेत सक्न निर्देशन दिएपछि विद्यालयहरू कक्षा १२ को प्रि-बोर्ड साथै कक्षा ११ को परीक्षा पनि सकाउने तरखरमा लागेका छन । यो समाचार आजको नागरिक दैनिकमा रूबी रौनियारले लेखेकी छन ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : ५३ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट