७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जसपा कार्यकारिणी समिति बैठकबाट विधान अनुमोदन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठकले संसदीय दलको विधान अनुमोदन गर्दै नेता चयनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ । ललितपुर बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संसदीय दल विधान अनुमोदन गर्दै नेता चयनका लागि समिति गठन गरेको कार्यकारिणी समिति सदस्य एवं सांसद रामसहाय यादवले जानकारी दिए ।

दल नेता चयनका लागि गठित तीन सदस्ययी समिति संयोजकमा नवराज सुवेदी, सदस्यद्वयमा रमेश यादव र सुशीला श्रेष्ठ छन् । बैठकले पार्टी कार्यालय सचिव तथा कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीलाई निर्वाचन आयोग र अदालत मुद्दा-मामिला हेर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदलाई बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय बैठकले गरेको छ । बैठकको निर्णयअनुसार प्रदेश सांसदहरू विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निष्कासन गर्न पत्र पठाइने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

पार्टीमा लामो समयदेखिको आधिकारिता विवाद सोमबार निर्वाचन आयोगले ‘हेट काउण्ट’ गर्दै टुंगो लगाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिता पाएपछि मंगलबार कार्यकारिणी समिति बैठक बसेको हो । यसैबीच, आधिकारिता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ । जसपा आधिकारिता नपाएपछि ठाकुर पक्षको मंगलबार संसद्ीय दल र कार्यकारिणी समिति बैठक बसेको थियो ।

बैठकपछि नेता लक्ष्मणलाल कर्णले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने जानकारी दिए । आयोगको निर्णयबारे थप कानूनी सल्लाह लिनेक्रम जारी रहेको बताउँदै उनले आयोगले नै आफूहरूको पार्टी विभाजन गरेको आरोपसमेत लगाए । ‘हाम्रो कानुनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ ।

अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन, सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचेका छौं,’ कर्णले भने, ‘सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि १ ३४ र १६ त भनिदियो । अलग-अलग हौं भनिदियो नि १ यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौं ।’ यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : ५२ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै