७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मन्त्रीमण्डल विस्तारलाई पूर्णता दिन गठबन्धनको तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई सातापछि सत्तारूढ गठबन्धनले मन्त्रीमण्डलाई पूर्णता दिन अन्तिम तयारी थालेको छ ।

गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको निर्णय कुर्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएकोमा जसपाको आधिकारिता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रीमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ ।

हुन त नेपाल समूहले पाउने मन्त्रालय बाँकी राखेर मन्त्रिपरिषद् विस्तार गर्ने कि तीन दलबीच मन्त्रालय बाँडफाँड गरेर अगाडि बढ्ने भन्ने विषयमा गठबन्धनमा अझै सहमति जुट्न नसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्ने र नआउने निर्णय गरेको अवस्थामा तीन दलबीच मन्त्रालय भागवण्डा गरेर मन्त्रीमण्डलाई पूर्णता दिने विषयमा शीर्ष तहमा छलफल भइरहेको छ । गठबन्धनमा आबद्ध दलहरूले नेपाल समूहलाई समावेश गरेर मन्त्रीमण्डललाई पूर्णता दिन जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन ।

नेपाल समूहलाई मन्त्रालय बाँकी राखेर कांग्रेस, एमाले र जसपा सम्मिलित मन्त्रीमण्डल विस्तार गर्न मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्नुअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वरस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाले पाँच जना मन्त्री नियुक्त गरिसकेका छन । अब दुई राज्यमन्त्रीसहित १८ जना मन्त्री नियुक्त गर्न बाँकी छ । असार २९ मा प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले साउन ३ मा विश्वासको मत लिएका थिए ।

यसैबीच नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । मन्त्रीका लागि कांग्रेसमा मात्रै होइन माओवादी र जसपामा पनि उत्तिकै दबाब छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रीमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएका छन । कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।

यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ ।सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउनै पर्ने दबाब देउवालाई छ । गठबन्धन सरकार भएकाले देउवालाई सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक निक्कै सकस पर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले नजिकिँदो महाधिवेशनलाई लक्षित गर्दै यसपटक मन्त्री चयनलाई प्राथमिकतामा लिएको बताइएको छ । देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन ।

त्यसै गरी, माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । मन्त्री छनोट गर्न निकै दबाब परेको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक/एक जना मन्त्री बनाउने नीति लिएका छन । कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ ।माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ । जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ ।

मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।

देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले लेखेका छन ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ३३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै