७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’



काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्नसमेत सरकारलाई निर्देशन दिइएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीलेले कोरोना संक्रमण ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिइएको बताइन् ।

राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमण जोखिम ख्याल गरेर यसपटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जनाए । बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको हो । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिइसकेको छ ।

बोर्डले परीक्षा लिन सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गर्ने काम गरिरहेको छ । कक्षा १२ मा झन्डै पौने ४ लाख विद्यार्थी छन् । गत जेठमा तय परीक्षा कोभिड संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ३८ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट