१६ बैशाख २०८१, आइतबार | April 29, 2024

नेपालगन्जमा पसल फोडेर मोबाइल चोर्ने समुह पक्राउ, चोरी गर्नेमा १२ वर्षिय नाबालक पनि संलग्न



नेपालगन्ज । नेपालगन्जको बसपार्क स्थित ईलेक्ट्रोनिक्स पसलको सटर फोडेर पसलबाट ठुलो परिमाणमा मोबाईल चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत साउ ४ गते बसपार्क रोडमा रहेको गौतम ईलेक्ट्रोनिक्स एण्ड माबाईल सप्लायर्सबाट ठुलो परिमाणमा मोबाईल र ईलेक्ट्रोनिक्स सामन चोर्ने समुहलाई बाँके प्रहरीले पक्राउ गरि आज सार्वजानिक गरेको छ ।

स्थानीय पूर्ण प्रसाद गौतमो सो पसलबाट सटर पोडेर १० लाख बढीको समान हराएपछि प्रहरीले चोर्ने समुहको खोजी गरिरहेको थियो । प्रहरीले चोरी गरेका केही सामान सहित १ जना नाबालक सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगन्ज ९ का २४ वर्षिय सुमित शर्मा, नेपालगन्ज १३ का १८ वर्षिय नानु खटिक र नेपालगन्ज १३ कै १२ वर्षिय नाबालक छन् ।

उनीहरुले साउन ४ गते मध्यराती सटर फोडेर पसलमा रहेका बिभिन्न कम्पनीका मोवाईल,घडी, उफर तथा विभिन्न वैंकहरुको चेक गरि १० लाख बराबरको सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट चोरीको बिभिन्न कम्पनीको मोवाईल ३६ थान जी सक कम्पनीका घडी थान ६ थान बरामद भएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।

प्रहरीका अनुसार ३ जनाको समुहमा आएको तीनीहरुले फलामको रडले सटर पोडेर बोरामा सामान प्याक गरि चोरी गरेका थिए । नाबालकलाई सडकमा रेस्की गर्न लगाएर सामन चोरेका शर्मा र खटिकले चोरी भएको सामान बिक्रि भएपछि पैसा दिृँला भनि नाबालकलाई सहमत गराएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफ २४३ को उपदफा (३) बमोजिम ३ देखी ५ बर्ष कैद र ३० देखी २५ हजार सम्म जरिवाना दाबी गर्दै प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ । ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ६ : ५३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क