१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

लुम्बिनी प्रदेश प्रमुखको पदबहाली कार्यक्रम प्रदेश सरकारबाट अघोषित बहिस्कार



भाषणमा राजनीतिक संस्कार र दर्शन सुनाएर नथाक्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै प्रदेशका प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारले अघोषित बहिस्कार गरेर संस्कारको नयाँ नमुना पेश गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण कार्यक्रमलाई लुम्बिनी प्रदेश सरकारले अघोषित बहिस्कार गरेर नयाँ प्रचलनको शुरुवात गरेका हुन् । प्रदेश प्रमुख शेरचनले आज मात्रै प्रदेशको मुकाम बुटवल आएर कार्यभार सम्हालेका छन् ।

प्रदेश प्रमुखको स्वागतमा सरकारको मुख्यमन्त्री मात्र होइन पोखरेल सरकारका कोही पनि मन्त्री सहभागी भएनन् । यसअघि ओली सरकारको सिफारिसमा नियुक्त भएका धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालिन आन्तरिक मामिला तथा योजनामन्त्री कुलप्रसाद केसी उनको स्वागतमा विमानस्थल नै पुगेका थिए । दुई दिन अघि मात्र यादवको विदाइमा पनि मुख्यमन्त्री शंकर पोखरेल आँफै सहभागी भएका थिए । नयाँ प्रदेश प्रमुखको स्वागत हुँदा पोखरेल नेतृत्वको सरकारका मन्त्री समेत पुगेनन् । जबकी प्रदेश प्रमुख कार्यालयबाट १०० मिटर दुरी समेत नभएको मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सबै मन्त्री बैठक बसिरहेका थिए ।

लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले प्रदेश सरकारले दम्भ र अहंकार देखाउँदै प्रदेश प्रमुखको पदबहाली कार्यक्रम बहिस्कार गरेको बताए । उनले सामान्य लोकतान्त्रिक संस्कार समेत देखाउन नसक्ने मुख्यमन्त्री पोखरेलले ओली प्रवृत प्रदर्शन गर्दै अलोकतान्त्रिक चरित्र देखाएको टिप्पणी गरे । ‘विचार आफ्नो ठाँउमा छ, संगठन आफ्नो ठाँउमा छ त्यसभन्दा माथि राजनीतिक संस्कार र लोकतान्त्रिक चरित्र हुन्छ, जुन मुख्यमन्त्रीले देखाउन सक्नु भएन’ उनले भने ।

लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने केही संचार माध्यमहरुलाई प्रतिक्रिया व्यक्त गर्दै पदबहालीको खबर प्रदेश सरकारलाई नभएको बताएका थिए । पदभार कार्यक्रममा प्रदेश सरकारको अनुपस्थितिका विषयमा प्रतिक्रियाका लागि फोन गर्दा सरकारका मन्त्रीहरुले मोबाईल उठाएनन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार नै कार्यक्रमको जानकारी दिएको र आजबिहान विमानस्थल जानेबेलामा पनि मुख्यमन्त्रीलाई जानकारी दिएको बताएका छन् ।

राजनीति भन्दा माथि रहनुपर्ने पद भएपनि प्रदेश प्रमुखको स्वागतमा केही जिल्ला स्तरका माओवादी केन्द्रका नेताहरु बाहेक प्रदेशसभाका सांसदहरुको समेत उपस्थिति देखिएन ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ३३ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्