१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्री देउवासँग पाकिस्तानी राजदूत शाहले गरे शिष्टाचार भेट



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सायद हैदर शाहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको भेटवार्तामा पाकिस्तानी राजदूत शाहले प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । त्यसअवसरमा देउवा र शाहबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ ।

सार्क राष्ट्रका दुई मुलुक नेपाल र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । कोरोना महामारी नियन्त्रणमा नेपालको लडाईंलाई सघाउन पाकिस्तानले केही समय अघि नेपाललाई आर्थिक सहयोग गरेको थियो ।

यस्तै २०७२ सालको विनाशकारी भूकमप लगायत विभिन्न समयमा आइपरेका प्राकृतिक विपत्तिमा पनि पाकिस्तानबाट निरन्तर आर्थिक र भौतिक सहयोग मिल्दै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ५ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले